दफा १४१
अधिकार प्रत्यायोजन गर्न सक्ने
(१) नेपाल सरकारले यो ऐन तथा यस ऐन अन्तर्गत बनेको नियम बमोजिम आर्फलाई प्राप्त अधिकार प्रधान सेनापति तथा मातहतका निकाय वा अधिकारी वा अन्य सरकारी निकाय वा अधिकारीलाई प्रत्यायोजन गर्न सक्नेछ ।
(२) नेपाल सरकारले विशेष परिस्थितिमा प्रचलित कानुन बमोजिम आपू वा कुनै निकाय वा अधिकारीमा निहित अख्तियार आवश्यकता अनुसार प्रधान सेनापति र निज मातहतका एकाइलाई सुम्पन सक्नेछ ।
(३) उपदफा (१) र (२) बमोजिम सुम्पिएको अख्तियार सुम्पिएकै अवस्थामा नेपाल सरकार वा सम्बद्ध निकाय वा अधिकारी आफैले प्रयोग गर्न कुनै बाधा पुयाएको मानिने छैन ।
(४) यस ऐन तथा प्रचलित कानुन बमोजिम प्रधान सेनापतिले आर्फलाई प्राप्त अधिकार आफ्नो उत्तरदायित्वमा मातहतका निकाय वा अधिकारीलाई प्रत्यायोजन गर्न सक्नेछ ।